प्रधानमन्त्री देउवाद्वारा बुटवल सम्मेलन केन्द्रको उद्घाटन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रुपन्देहीको बुटवल उपमहानगरपालिका वार्ड नं. १० रामनगर स्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गरेका छन् ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, नेकपा एमालेका उपाध्यक्ष एव पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडल, शहरी विकास मन्त्री मेटमणि चौधरी, पूर्वमन्त्री रामकुमारी झाँक्रीलगायतको उपस्थिति रहेको छ।

बुटवलदेखि पुर्व पश्चिम राजमार्गसँगै जोडिएको यो सम्मेलन केन्द्र नेपालको राष्ट्रिय झण्डा आकृतिमा बनेको छ । यो सभाहल एक हजार सीट क्षमताको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*