डडेलधुराबाट समानुपातिक पदको उम्मेदवारमा प्रधानमन्त्री पत्नी आरजु सिफारिस
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य आरजु राणा देउवालाई डडेलधुराबाट समानुपातिक पदको उम्मेदवारको रूपमा सिफारिस गरेको छ ।
सुदूरपश्चिम प्रदेश कमिटीले टुङ्ग्याएको सूचीमा राणालाई खस आर्य महिला समूहबाट समानुपातिक पदका लागि सिफारिस गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी राणाको नाम कैलाली–५ बाट प्रत्यक्ष तथा डडेलधुराबाट समानुपातिक उम्मेदवारका लागि सिफारिस हुनुभएको छ ।
यसअघि २०७४ को चुनावमा उनी कैलाली(५बाट एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन् ।
























