एमाले प्रवेश गरे पूर्वआइजिपी खनाल
काठमाडौँ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल बिहीबार एमालेमा प्रवेश गरेका छन्।
एमालेको मुख्य कार्यालय, च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्।
खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए। ओली प्रधानमन्त्री हुँदा खनाल आइजिपी थिए।
विवेकशील साझा पार्टीबाट अलग भइ काठमाडौँ- ६ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अब्दुस मियाँ पनि एमाले प्रवेश गरेका छन्।
उनी विवेकशील साझाका युवा संगठनको संयोजक थिए।
यसैगरी, राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, जसपाका नेता होरिलाल चौधरीलगायत पनि एमालेमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरूको पनि उपस्थिति थियो।
























