एमालेमा पार्टी प्रवेशको संख्या १ लाख नाग्यो
काठमाडौँ – नेकपा एमालेले विभिन्न पार्टीबाट आफ्नो पार्टीमा प्रवेश गर्ने नेता कार्यकर्ताको संख्या एक लाख नागेको जनाएको छ।
पार्टी प्रवेशको संख्या १ लाख पार गरेको भन्दै आज काठमाडौं र मधेस प्रदेशको राजधानी जनकपुरमा ‘पार्टी प्रवेश महोत्सव’ गर्दैछ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले धनुषा– २ को तीनकौरिया चौकमा आयोजना हुने कार्यक्रममा प्रतिनिधि सभाका निवर्तमान सदस्य एवं लोसपा सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमालेले जनाएको छ।
यसअघि पनि धनुषामा प्रतिनिधि सभाका तीन निवर्तमान सदस्यहरु एमालेमा प्रवेश गरिसकेका छन्।
























