आज पनि सिट बाँडफाँडका लागि पाँच दलको बैठक
काठमाडौँ – बुधबार संघीय निर्वाचन क्षेत्रको सिट बाँडफाँडमा मोटामोटी सहमति पाँच दलले बिहीबार पनि छलफललाई निरन्तरता दिँदैछन्।
कार्यदल तहले प्रदेशसभा तर्फको सिट बाँडफाँडका विषय निरन्तर छलफल गरिहेको छ। त्यसकै आधारमा प्रदेशको सिट टुंगो लगाउन शीर्ष नेतहरुको बैठक बस्न लागेको हो।
बुधबार राति पाँच दलले पाउने सिट संख्या र निर्वाचन क्षेत्रसमेत फाइनल गरेका छन्। जसमा कांग्रेसले ८५ सिट, माओवादीले करिब ४५, एकीकृत समाजवादीले १७, जसपाले १२ र जनमोर्चाले २ सिट पाउने समझदारी भएको छ।
१० वटा जटि निर्वाचन क्षेत्रमा नेताहरुको व्यवस्थानका कारण दोहोरो तेह्रो दाबी परेको छ। जसलाई बिहीबारको बैठकले अन्तिम रुप दिने जसपाका नेता मनिष सुमनले जानकारी दिए।
संघीय निर्वाचन क्षेत्रको सिट बाँडफाँड लगभग टुंगिएकाले प्रदेशको बाँडफाँडमा त्यसले सहजता थपिएको नेताहरुले बताएका छन्।
प्रदेशसभा तर्फ ३३० सिट छन्। असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन भएकाले त्यसअघि नै सिट बाँडफाँडलाई अन्तिम रुप दिने दबाबमा पाँच दल छन्।
























