गोरखा–२ बाट प्रचण्डको मनोनयन दर्ता

गोरखा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा दुई बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्ष प्रचण्ड उम्मेदवारी दर्ता गर्न आइतबार बिहान पूर्व सहकर्मी तथा नेसपाका अध्यक्ष डा।बाबुराम भट्टराई तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसहित गोरखा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रचण्डसहितको टोली गोरखा पुग्दा स्थानीयले उनीहरुलाई भव्य स्वागत तथा अभिनन्दन गरेका थिए । यसअघि चितवन ३ बाट निर्वाचन लड्ने घोषणा गरेका प्रचण्ड अन्तिम अवस्थामा गोरखा २ बाट उम्मेदवारी दिन पुगेका हुन् । २०७४ सालमा उक्त क्षेत्रमा बाबुराम भट्टराई निर्वाचित भएका थिए । गोरखा माओवादीको आधारभूमि समेत भनेर परिचित छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*