मकवानपुरमा समानुपातिक तर्फको मतपत्र आयो
हेटौंडा । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि मकवानपुरमा समानुपातिक तर्फको मतपत्र आईपुगेको छ ।
मकवानपुरमा आएको मतपत्रमा पहिलो नंबरमा नेकपा एमालेको चुनाव चिन्ह सुर्य रहेको छ भने दोश्रोमा नेपाली कांग्रेसको रुख, तेश्रोमा नेकपा माओवादी केन्द्रको हसिया हथौडा चिन्ह रहेका छन् ।
चौथोमा जसपाको छाता तथा पाँचौ नम्बरमा राप्रपाको हलो चिन्ह रहेको छ । अन्तिममा भने कछुवा चिन्ह रहेको छ ।
























