जसपाको चुनावी घोषणापत्र जारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले दुई वर्षभित्र देशलाई खाद्य पदार्थहरूमा आत्मनिर्भर बनाउने भन्दै चुनावी घोषणापत्र जारी गरेको छ । ‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन-२०७९’का लागि पार्टीले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा अनेकौं महत्वकांक्षी घोषणाहरु छन् ।

नेपाललाई अहिलेसम्म मासु, अण्डा र दूधमा आत्मनिर्भर घोषणा गरिएको छ । तर, दूध तथा दुग्धजन्य पदार्थको आयात रोकिएको छैन । यस्तो अवस्थामा जसपाले

प्रतिवद्धतापत्रमा हाल मूल्य अभिवृद्धि कर (भ्याट)मा जान नपर्ने गरी काम भएको स्थायी लेखा नम्बर (प्यान)मा आधारित कारोबारको थ्रेसहोल्ड २० लाखबाट ५० लाख रुपैयाँ पुर्‍याउने उल्लेख छ । यस्तै आगामी पाँच वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने प्रतिवद्धता पनि जसपाको छ । जबकी तत्कालै निर्माण सुरु गरेपनि पााचर्षभित्र १० हजार मेगावाटका परियोजना निर्माण गरिसक्न प्राविधिक रुपमा असम्भव जस्तै छ ।

जसपाले बेरोजगार नागरिकलाई राज्यले बेरोजगार भत्ताको व्यवस्था गर्ने घोषणा पनि गरेको छ । पहाडी बस्तीहरूमा यातायातमा लागि केबल कारको विकास गर्ने र सवारी साधन चलाउँदा दुर्घटनाका नाममा हुने हत्यालाई निरुत्साहित गर्न ऐनलाई संशोधन गरेर क्षतिपूर्ति रकम बढाएर दोषीलाई कडा कारवाहीको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ ।

जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचार र धार्मिक पर्यटनको व्यवस्था गर्ने सहित सयौं आर्थिक तथा वित्तीय सुधारका योजना सार्वजनिक भएका छन् ।

जसपाले मुलुकको समावेशी विकास र समतामूलक समृद्धिलाई क्षेत्रगत रुपमा आर्थिक विकास, भौतिक विकास, सामाजिक विकास, संस्थागत विकास एवम् सुशासन, पर्यावरणीय सन्तुलन र विपद् व्यवस्थापन गरी पाँच आयाममा निर्धारण गरी सोही अनुरुप विकासका लागि आधारभूत अर्थनीति अवलम्बन गरिने बताएको छ ।

आर्थिक विकास मुलुकको सबैभन्दा टड्कारो आवश्यकता भएको भन्दै पार्टीले सन् २०१५ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भइसकेपछि आर्थिक अवस्था परिवर्तन नै राजनीतिको मुख्य गन्तव्य हुन पुगेको उल्लेख गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*