ओलीको देउवालाई चुनौती – ‘लाइभ डिबेट’मा आउनुस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आउन चुनौति दिएका छन् ।

सामाजिक सञ्जालमा धेरैले ‘लाइभ डिबेट’मा आउन आग्रह गरेको भन्दै ओलीले देउवासँग चुनावी एजेण्डाका आधारित बहसका लागि आफू तयार रहेको बताएका छन् ।

पश्चिमा देशहरुमा चुनावको बेला ‘लाइभ डिबेट’ हुने गरेको उल्लेख गर्दै ओलीले फेसबुकमा लेखेका छन्, ‘म त त्यसका लागि तयार छु, देउवा जी नि ?’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*