चुनाव प्रचारमा बालबालिका प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा बालबालिकालाई सहभागी नगराउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

राजनीतिक दल, उम्मेदवार, भातृ संगठन आदिले जुलुस, आमसभा, कोण सभा वा भेला गर्दा पालना गर्नुपर्ने विषयहरु सार्वजनिक गर्दै आयोगले भनेको छ, ‘बाजागाजा तथा झाँकीसहित जान नहुने, यस्ता कार्यक्रममा बालबालिकाको प्रयोग गर्न नहुने ।’

बिहान ७ देखि साँझ ७ बजेसम्म मात्र जुलुस, आमसभा, कोण सभा वा भेला गर्न र कम्तीमा चौबिस घण्टा अगावै स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा जानकारी गराउन आयोगले भनेको छ ।

घरदैलोमा जाँदा उम्मेदवारले २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने भनेर पनि आयोगले स्मरण गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*