जनताको संघर्षको प्रतिफललाई बचाउन गठबन्धन बनाएको हो – महासचिव भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव वेदुराम भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने स्थिति रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महासचिव भुसालले नेपाली जनताले गरेको संघर्षको प्रतिफललाई बचाउन गठबन्धन बनाएको बताए ।

उनले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मतदाताहरूलाई मतदान गर्ने तरिका राम्रोसँग बुझाउन नसक्दा धेरै मत बदर भइ आफू पराजित हुनुपरेको बताए । उनले आगामी निर्वाचनमा भने समयमा नै मतदाताहरूलाई मतदाता शिक्षाको बारेमा स्पष्ट जानकारी गराइ मत बदर हुनबाट रोक्नुपर्ने बताए । महासचिव भुसालले पुनः प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि मत बदर भए गठबन्धनले चुनाव हार्ने बताए । उनले चुनावको खेल धेरै डरलाग्दो हुने भन्दै मत बदर नहोउन् भन्ने कुरामा अत्यन्त सजग हुन जरुरी रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*