प्रधानमन्त्री देउवाले भने: मैले हँसिया हथौडामा भोट हालिसके

मोरङ । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले हँसिया हथौडामा भोट हालिसकेको बताएका छन् । विराटनगरमा आयोजित सत्ता गठबन्धनको भेलालाई सम्बोधन गर्दै उनले गिरिजाप्रसादले पनि शान्तिसम्झौता गर्दा नै भोट हालिसकेको बताए ।

उनले रूख भएको ठाउँमा रूखमा नभएको ठाउँमा हँसिया हथौडा, कलममा मत दिन नकारात्मक नहुन आग्रह गरे । आफूहरू सबै पार्टी सत्ता गठबन्धन मिलिसकेको बताउँदै लोकतन्त्र र गणतन्त्रलाई स्थायी गराउन गठबन्धनलाई भोट दिन कार्यकर्तालाई उनले आग्रह गरे ।

ओलीले पनि गठबन्धन गरेकोले आफूहरूले गरेको गठबन्धन संविधान र लोकतन्त्रको पक्षमा रहेकोमा उनले जोड दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*