८६७ स्वतन्त्र उम्मेदवार प्रतिनिधिसभा सदस्यका चुनावी मैदानमा

काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ८६७ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहेका छन् । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका कूल २ हजार ४१२ उम्मेदवार मध्ये सबैभन्दा धेरै स्वतन्त्र तर्फबाट उम्मेदवारी परेको हो ।

निर्वाचन आयोगका अनुसार राजनीतिक दलतर्फ सबैभन्दा धेरै नेकपा एमालेले १४१ स्थानमा उम्मेदवारी दिएको छ । दोश्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीले १४० स्थानमा उम्मेदवारी दिएको छ । तेश्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले १३१ स्थानमा उम्मेदवारी दिएको छ । चौथो स्थानमा रहेको नेपाल मजदुर किसान पार्टीले १०९ स्थानमा उम्मेदवारी दिएको छ ।

यस्तै नेपाली कांग्रेसले ९१ स्थानमा मंगोल नेशनल अर्गनाइजेशनले ८८ स्थानमा, जनता समाजवादी पार्टी नेपालले ७९ स्थानमा, हाम्रो नेपाली पार्टीले ६२ स्थानमा, राप्रपा नेपालले ५८ स्थानमा राष्ट्रिय जनमुक्ति पार्टीले ५६ स्थानमा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ स्थानमा उम्मेदवारी दिएका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रले ४६ स्थानमा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ४० स्थानमा, नेपाली कांग्रेस वीपीले ३९ स्थानमा, नेकपा एकीकृत समाजवादी पार्टीले २१ स्थानमा उम्मेदवारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*