मासिक २ सय युनिट विद्युत निःशुल्क दिने घोषणा एकीकृत समाजवादीले सच्यायो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सार्वजनिक गरेको चुनावी घोषणापत्रको मासिक २ सय युनिट बिजुली निःशुल्क गर्ने भन्ने विषय सच्चाएको छ ।

सो पार्टीका उपमहासचिव डा। विजय पौडेलले प्रुफ मिस्टेकका कारण मासिक २ सय युनिट विद्युत निःशुल्क हुन पुगेको भन्दै मंगलबार सामाजिक सञ्जालमार्फत सच्याएका हुन् । पौडेलले ट्वीट गर्दै भनेका छन्, ‘घोषणापत्र बारे– प्रुफको गल्तीले ‘वार्षिक ३०० युनिट बिजुली निःशुल्क’ हुनु पर्नेमा ‘मासिक २०० युनिट’ भएछ ।’

उनले त्यसको प्रमाण स्थानीय चुनावका लागी लेखिएको घोषणापत्र साक्षी रहेको भन्दै सबैलाई सोही अनुसार बुझिदिनु हुन अनुरोधसहित प्रुफ गल्तीका लागि क्षमा मागेका छन् ।

नेकपा एकीकृत समाजवादीले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न राष्ट्रिय उद्योगहरूलाई प्रोत्साहन गरी महसुलमा छुट दिने व्यवस्थाका साथै तीनै तहको सरकारको सहकार्यमा हरेक घर–परिवारलाई मासिकरूपमा २०० युनिटसम्म विद्युत महसुलमा छुट दिने सोमबार सार्वजनिक घोषणापत्रमा उल्लेख थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*