थप ५० नयाँ सहर बनाउने एमालेको घोषणा

काठमाडौं  – नेकपा एमालेले सहरी विकास तथा एकीकृत वस्ती र सुरक्षित आवासका सन्दर्भमा  आफ्नो नीति सार्वजनिक गरेको छ।  मंगलबार सार्वजनिक भएको पार्टीको चुनावी घोषणापत्रमा सबै नेपाली नागरिकलाई सुरक्षित स्थानमा आवासको ग्यारेन्टी गरिने उल्लेख गरिएको छ ।  कुनै पनि नेपाली नागरिक आवासविहीन वा सडक मानवका अवस्थामा रहन नपर्ने ग्यारेन्टी एमालेले गरेको छ ।

जनता आवास तथा सुरक्षित आवासका माध्यमबाट आवासको अधिकारलाई सुनिश्चित गरिने भन्दै एमालेले जोखिम युक्त र विकासमा बाधक तथा सेवा प्रवाहका दृष्टिले अपायक र कठिन स्थानमा छरिएर रहेका घर तथा बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सुविधा सम्पन्न एकीकृत बस्तीहरूको विकास गरिने प्रतिबद्धता जनाएको छ ।

सञ्चयकोषका सञ्चयकर्ता तथा नागरिक लगानी कोषका बचतकर्तालाई ती कोषको लगानीमा आवास सुविधा उपलब्ध गराउने, एकीकृत बस्ती नजिक सम्भाव्यताका आधारमा औद्योगिक क्षेत्र, उद्योग ग्राम वा
कृषि उत्पादनका फर्महरू स्थापना गरी रोजगारी प्रदान गर्ने जस्ता प्रतिबद्धता पनि एमालेले गरेको छ ।

यस्तै देशका विभिन्न स्थानमा निर्माण सुरु गरिएका २७ नयाँ सहर एवं १८ स्मार्ट सिटीहरूको विकास तथा २५ प्रमुख सहरहरूको आधधुनिक सहरी पूर्वाधार निर्माण तथा विस्तार कार्यलाई सम्पन्न गरिने पनि एमालेले प्रतिबद्धता जनाएको छ ।

यसबाहेक ५० वटा थप नयाँ सहरहरूको विकास तथा थप ५० वटा सहरहरूमा आधुनिक सहरी पूर्वाधार निर्माणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने एमालेको प्रतिबद्धता छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*