‘आर्थिक समृद्धिको निम्ति नयाँ क्रान्तिको खाँचो छ’ – प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले आर्थिक समृद्धिको लागि नयाँ क्रान्तिको खाँचो आवश्यक भएको बताएका छन् । गोरखा काठमाडौं सम्पर्क समन्वय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले परिवर्तनको बहाक माओवादी भएकाले समृद्धिको समेत नेतृत्व गर्नुपर्ने बताए ।
‘आर्थिक समृद्धिको निम्ति नयाँ क्रान्तिको खाँचो छ । त्यो क्रान्ति हिजोको जस्तो हुने छैन । शान्तिपूर्ण र प्रतिस्पर्धाको बाटोबाट आफैले प्रयोग गरेर बाटो खनेर अघि बढ्नुपर्ने छ’ प्रचण्डले भने, ‘नेपाली क्रान्तिको समाजवादी बाटो भनेर आठौं महाधिवेशनबाट जे पारित गरेका छांै । त्यो हामी आफैले डोब खनेर दुनियाँको अगाडि देखाउनुपर्ने ठाउँमा छांै । परिणाम देखाउने शक्ति माओवादी मात्रै हो ।’
आर्थिक समृद्धिको नेतृत्व गरेपछि मात्रै सहिद तथा बेपत्ताको रगत र पसिनाको योगदानको सिद्ध हुने प्रचण्डले बताए । प्रचण्डले आफूहरूले आर्थिक समृद्धिको नेतृत्व नगरेमा सबै परिवर्तनका एजेण्डा उल्टिने अवस्था रहेको बताए ।
























