राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारी कार्यालयमा ‘टाइम कार्ड’ लागू गर्ने घोषणा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारी कार्यालयमा ‘टाइम कार्ड’ लागू गर्ने घोषणा गरेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि आफ्नो बाचापत्र सार्वजनिक गर्दै स्वतन्त्र पार्टीले यस्तो घोषणा गरेको हो । रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको बाचापत्रमा चालन ‘सुशासनस् जनताको लागि सरकार सञ्चालन’ भन्ने शीर्षकमा बिहिबार सरकारी कार्यालयको सेवाको विषयमा उल्लेख गर्दै सबै सरकारी सेवा तोकिएको समयमा गर्न ‘टाइम कार्ड’ लागू गर्ने भएको छ ।
निर्धारित समयभित्र सेवा प्रदान नगर्ने कार्यालय तथा सरकारी कर्मचारीलाई दण्डित र लक्षित नतिजा हासिल गर्नेलाई पुरस्कृत गर्ने समेत बाचा पत्रमा लेखिएको छ । स्वतन्त्र पार्टीले निर्धारित समयमा सेवाग्राहीले सेवा नपाए क्षतिपूर्ति दिने समेत उल्लेख गरेको छ ।
त्यस्तै सरकारी कामकाजको लागि भर्नुपर्ने कागजातहरु सरकारी कार्यालयमै निःशुल्क भर्ने व्यवस्था गराउने र कर्मचारीहरुको आधारभूत आवश्यकता सरकारले पूर्ति गर्ने लगायतका विषय बाचापत्रमा उल्लेख गरिएको छ ।
























