मोरङ ६ बाट उम्मेदवार बनेका शेखर कोइरालाले सार्वजनिक गरे संकल्प प्रस्ताव

मोरङ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका लागि मोरङ ६ बाट उम्मेदवार बनेका शेखर कोइरालाले निर्वाचनलाई लक्षित गरेर संकल्प प्रस्ताव सार्वजनिक गरेका छन् ।

कोइरालाको संकल्प प्रस्तावमा आर्थिक असमानता र गरिवी जस्ता चुनौतीको सामना गर्ने, शुद्ध खानेपानी, ढल निकास, बिजुली, बाटो, स्वास्थ्य र शिक्षातर्फ पर्याप्त सुधार गर्ने विषय उल्लेख छ । ुयुवा बेरोजगारीको समस्या डरलाग्दो छ। यसको सम्बोधन नगरी लोकतन्त्र स्थिर र उन्नत हुन सम्भव छैन । हाम्रा सम्मानित ज्येष्ठ नागरिकहरुका लागि निःशुल्क स्वास्थ्य उपचारसँगै सबै नेपालीलाई राष्ट्रिय स्वास्थ्य बिमाको सुरक्षित खाकामा बाँध्ने कार्यक्रम हामी ल्याउँदै छौं,ु कोइरालाको संकल्प प्रस्तावमा उल्लेख छ ।

आफूले जिते मोरङको विशिष्ट राजनीतिक संस्कार र परम्पराको जित हुने र समग्र राष्ट्रलाई नै असल शासन र समुन्नतिको बाटोमा अघि बढाउने प्रतिवद्धता कोइरालाले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*