मकवानपुर क्षेत्र नम्बर १ को ‘ख’ का उम्मेदवार गुञ्जनले गरे ७ संकल्प सार्वजनिक

हेटौंडा । राप्रपाबाट मकवानपुर क्षेत्र नम्बर १ को ‘ख’ प्रदेशसभा सदस्य उम्मेदवार गुञ्जन बहादुर न्यौपानेले ४ मंसिरमा हुन लागेको प्रदेशसभा निर्वाचनको लागि आफ्नो ७ संकल्प सार्वजनिक गरेका छन् ।

सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उम्मेदवार न्यौपानेले आफ्नो ७ संकल्प सार्वजनिक गरेको हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार गुञ्जनले आफु लामो समयदेखि धार्मीक र सामाजिक कार्यमा सक्रिय रहेको र २०४७ सालदेखि राजनीतिमा पनि सक्रिय रहेको बताउँदै यसपटक पहिलो पटक उम्मेदवारी बनेको बताए ।

उनले यसअघि लामो समयदेखि पार्टीको काम रहँदा उम्मेदवार बन्ने अवसर नपाएको बताउँदै यसपटक पार्टीले अवसर दिएको बताए । उनले आफु सांसद बन्नको लागि नभइ जनताको काम गर्नको लागि उम्मेदवार बनेको बताउँदै अर्को पटक यस पदमा उम्मेदवार नबन्ने समेत स्पष्ट पारे ।

राप्रपाका उम्मेदवार गुञ्जनले आफु जनताको घरदैलो गर्ने क्रममा अघिल्ला निर्वाचनमा जितेर गएका प्रतिनिधिहरुले काम नगर्दा विभिन्न जनगुनासो सुनिएको बताए । उनले आफु निर्वाचित भएको अवस्थामा इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने बताए । उनले आफु निर्वाचित भएको अवस्थामा आफू निर्वाचित प्रदेशमा संघियता खारेजीमा पहल गर्न अग्रसर रहने बताउँदै आफुलाई निर्वाचित गराउन अनुरोध गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*