कामका आधारमा नै जनताले एमालेलाई जिताउने ओलीको दावी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गरेका कामका आधारमा नै जनताले आफूहरुलाई चुनावमा बहुमतले जिताउने विश्वास व्यक्त गर्नुभएको छ ।

नागरिक समाज र स्वतन्त्र अगुवाले आज मंगलबार गरेको पैदल यात्रा कार्यक्रममा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो। पैदल यात्रा कार्यक्रममा अध्यक्ष ओलीसहित उहाँकी धर्मपत्नी राधिका शाक्यसहित दलका प्रदेश सभा सदस्यका उम्मेदवारहरुलाई नागरिकले फूल मालाले स्वागत गरेका थिए । पैदल यात्रामा नागरिक समाज, स्वतन्त्र युवा र समाजसेवीहरुको सहभागिता रहेको छ।

चुनावी प्रचारप्रसारकै निरन्तरताका रुपमा अध्यक्ष ओलीले कोटेश्वर क्षेत्रमा पैदल यात्रा गर्नुभएको हो । उनीहरुले ललितपुर क्षेत्र नम्बर–३ का प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारहरुको सहभागितामा पैदल यात्रा गरेका हुन् । चुनावको दिन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरुले आफ्ने प्रचारप्रसार तीब्र पारेका छन्।

यतिबेला राजनीतिक दल र उम्मेदवारहरु चुनावी घरदैलो कार्यक्रमा ब्यस्त भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*