स्वतन्त्र राजनीतिक शक्ति नेपालको घरदैलो सम्पन्न
हेटौंडा । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि स्वतन्त्र राजनीतिक शक्ति नेपालको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । आज प्रचार प्रसारको अन्तिम दिन मकवानपुर क्षेत्र नं २ को हेटौंडा उपमहानगरपालिका ११ र ३ नम्बर वडा को विभिन्न टोलमा घर घर पुगेर प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार धिरज बिक्रम न्यौपानेले मत मागेका छन् ।
उम्मेदवार न्यौपानेले कात्तिक १८ गतेबाट मकवानपुर क्षेत्र-२ का सबै गाउँ गाउँमा पुगेको र जनताबाट सकारात्मक प्रतिक्रिया पाएको बताउनु भयो ।
























