पैसा बाँडेको उजुरी आए छानबिन गरेर कारबाही गर्छौ – आयोग प्रवक्ता पौडेल

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधिमा पैसा बाँडेको उजुरी आए छानबिन गर्ने निर्वाचन आयोगले जनाएको छ ।

शनिबार आयोगले गरेको संक्षिप्त पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले त्यस्तो उजुरी आए आयोगले छानबिन गर्ने र प्रमाणित भए कारबाही गर्ने बताए ।

उनले मौन अवधिमा सामाजिक सञ्जालबाट आचारसंहिता उल्लंघनको घटना नभएको दावी गरेका छन् ।

तर सामाजिक सञ्जालबाट दलका उम्मेदवार र उनीहरूका कार्यकर्ताले मत मागेका सामग्री प्रकाशन गरेर आचारसंहिता उल्लंघन गरिरहेका छन् । आयोगले आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न मतदाताहरूलाई अपिल समेत गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*