रवि लामिछानेले गरे मतदान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्नुभएको छ ।

उहाँले आईतवार बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गर्नुभएको हो । सभापति लामिछानेले प्रदेश सभा सदस्यामा भने मत खसाल्नु भएन ।

मत हालिसकेपछि संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै लामिछानेले अहिलेको प्रदेश संरचनालाई नसुधारेसम्म आफू प्रदेश सभाको मतदानमा सहभागी नहुने बताउनुभयो । उहाँले अहिलेको प्रदेश सभा धेरै खर्चिलो र जनमुखी सेवा प्रवाह गर्ने नभएकाले प्रदेश सभामा आफू सहभागी नबनेको बताउनु भयो ।

चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार लामिछानेले मतदाता नामावलीमा नाम चितवनमा नभएकाले आफूले आफैंलाई मत हाल्न पाउनुभएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*