मकवानपुर–१ मा डिनाले आफ्नो मत अन्तर फराकिलो बनाउँदै

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–१ मा गठवन्धनका उम्मेदवार महालक्ष्मी उापध्याय डिनाले आफ्नो मत अन्तर फराकिलो बनाउँदै लगेकी छन् । उनले हाल सम्मको मतगणनामा ६७५८ मत प्राप्त गरेकी छन् । त्यसैगरी एमालेका तर्फबाट उम्मेदवार बनेका कमल थापाले ४१७५ मत ल्याएका छन् ।

त्यसैगरी राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले ११६९ मत मात्र प्राप्त गरेका छन् । जती धेरै मत गणना गर्दै गयो त्यतीनै धेरै मतअन्तर फराकिलो बनाउँदै डिनाले अग्रता कायम गरेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*