कुटपिटबाट थाहामा एकजनाको मृत्यु

हेटौंडा । थाहा नगरपालिका वडा नम्बर १२ गैरीगाउँमा बिहीबार दिउँसो ४ बजेको समयमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । गैरीगाउँ बस्ने ३५ वर्षीय टाईसन गोले र सोही स्थानका ८९ वर्षीय आईत सिङ स्याङ्तान बिच एक आपसमा भनाभन भई झगडा भएको थियो ।

झगडाको क्रममा टाईसन गोलेले कोदालोको बिडले आईत सिङ स्याङ्तानको टाउकोमा हानी गम्भिर घाइते बनाएका थिए । स्याङ्तानलाई उपचारको लागि ट्रमा सेन्टर काठमाडौं लगिएकोमा उनको मृत्यु भएको थियो । कुटपिट गर्ने टाईसन गोलेलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*