हेटौंडा–५ मा बालमैत्री पालिका घोषणासम्बन्धी अभिमुखीकरण

हेटौंडा । हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा सम्बन्धमा वडास्तरीय अभिमुखीकरणको कार्य जारी छ । मंसिर महिनासम्ममा वडास्तरीय अभिमुखीकरणको कार्य पूरा गर्ने लक्ष्यसहित आज हेटौंडा–५ मा अभिमुखीकरणको कार्य भएको छ।

वडाध्यक्ष सुशील घिमिरेको उपस्थितिमा आयोजित अभिमुखीकरण कार्यक्रममा सरोकारवालाको सहभागिता रहेको थियो । बालमैत्री पालिका घोषणाका लागि अन्तर्राष्ट्रिय दातृ निकाय प्लान ईन्टरनेशनल नेपाल र गैरसरकारी संस्था राडो नेपालले सहकार्य गरेको छ । बालमैत्री पालिका घोषणाका लागि विष्णु प्रसाद चौवेले सहजीकरण गरिरहनुभएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*