रवि लामिछानेको नागरिकतामाथि अनुसन्धान सुरु

काठमाडौं । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामाथि अनुसन्धान सुरु गरेको छ। गृह मन्त्रालयमा परेको उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट आएको पत्रका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको हो।

जिल्ला प्रशासन कार्यालयबाट प्राप्त पत्रका आधारमा अनुसन्धान सुरु भएको प्रहरी परिसर काठमाडौंमा प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो। ‘जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट परिसरमा पत्र आएको छ। पत्रका आधारमा छानबिन हुन्छ’, उहाँले भन्नुभयो, ‘नागरिकताबारे खास कुरा के हो भनेर अनुसन्धानपछि मात्र भन्न सकिन्छ।’

चितवन–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामिछानेको नागरिकता अवैध रहेको दाबीसहित यसअघि निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो।

लामो समय अमेरिका बसेर फर्किएका लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र नेपाल फर्किएपछि पुनः त्यही नागरिकता प्रयोग गरेको भन्दै लामिछानेको नागरिकताको विषय उजूरी परेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*