महाअभियोग जीवितै छ, आउने संसदमा छलफल हुन्छ – ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग जीवित नै रहेको बताएका छन् । यसबारे अब आउने संसदमा छलफल भएर एउटा निर्णयमा पुग्ने उनले बताए ।

बुधबार मात्र संघीय संसदका महासचिवले जबरालाई निलम्बन फुकुवाको पत्र दिएका थिए । लगत्तै जबरा सर्वोच्च अदालत फर्किने तयारीमा छन् ।

तर सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री कार्कीले भने महाअभियोग जीवितै रहेको बताए । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले भने, ‘महाअभियोग सार्वभौमसम्पन्न संसदको सम्पत्ति हो, यसबारे आउने प्रतिनिधिसभामा छलफल भएर निर्णयमा पुग्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*