माओवादीको समानुपातिकका १४ सांसदमा को–को परे ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नाम टुङ्ग्याएको छ । माओवादी केन्द्रले विभिन्न क्लस्टरबाट १४ जनाको नाम शनिबार निर्वाचन आयोगमा पेस गरेको हो ।

जानकारी अनुसार आदिवासी जनजाति महिलातर्फ दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल, र छिरिङ ल्यामु लामा तामाङ सफारिस भएका छन् ।

त्यस्तै, खस आर्यतर्फ हितराज पाण्डे (पुरुष) तथा महिलातर्फ ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा र रुपासोसी चौधरी (थारु) सफारिस भएका छन् ।

यता दलिततर्फ रणेन्द्र बराइली र सुशीला श्रीपाली ठकुरी रहेका छन्, भने मधेशीतर्फ मीना यादव, अमरावती देवी यादव र पिछडिएको क्षेत्रतर्फ कल्पना मिया सफारिस भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*