देउवा र प्रचण्डबीच भेटवार्ता ,प्रचण्डद्वारा आफूलाई प्रधानमन्त्री बनाउन औपचारिक प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।

भेटवार्तामा प्रधानमन्त्री देउवालाई प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन औपचारिक प्रस्ताव गर्नुभएको हो ।

सत्ता समीकरण निर्माणबारे एमालेसँग समेत समानान्तर वार्तामा रहेका प्रचण्डले शनिबार बिहान देउवालाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउन औपचारिक प्रस्ताव गरेको माओवादीका एक नेताले बताउनु भएको छ ।

आफैँ प्रधानमन्त्री बन्ने तयारीमा रहेका देउवालाई भेटेर प्रचण्डले प्रधानमन्त्रीमा आफ्नो दाबी रहेको औपचारिक जानकारी गराएपछि सरकार गठनको प्रक्रिया झन पर धकेलिएको राजनीतिक वृतमा चर्चा चल्न थालेको छ ।

स्रोतका अनुसार निर्वाचन अगाडि भएको भेटमा प्रधानमन्त्री देउवाले प्रचण्डलाई निर्वाचनपछि प्रधानमन्त्री बनाउने आश्वासन दिनुभएको थियो ।

निर्वाचनपछि तेस्रो दलमा खुम्चिएपनि निर्वाचन अघि देउवाले दिएको आश्वसनको बलमा शनिबार भेटेर प्रचण्डले आफूलाई प्रधानमन्त्री वातावरण मिलाउन देउवासमक्ष आग्रह गर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*