राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा लान विश्वप्रकाशको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको सत्ता गठबन्धनलाई कायमै राख्नुपर्ने बतानुभएको छ ।

उहाँले आइतबार आफ्नो सामाजित सञ्जाल ट्वीटर मार्फत यस्तो बताउनुभएको हो । सत्तामा नयाँ र अनुभवीको संयोजन हुनुपर्ने भन्दै उहाँले यहि गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समेत समेट्नु पर्ने धारणा राख्नु भएको छ ।

एक्लो बहुमत कुनै पनि दलसँग नभएको र गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको स्थितिमा लचकता, सहकार्य र विश्वासका आधारमा अघि बढ्नु पर्ने उहाँले जोड छ ।

उहाँले सामाजित सञ्जाल ट्वीटरमा यस्तो लेख्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*