रामसहाय यादव जसपा संसदीय दलको नेतामा निर्विरोध

काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा० को संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव निर्विरोध चयन हुनुभएको छ ।

बारा-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादव सर्वसम्मत रुपमा दलको नेता निर्विरोध चयन हुनुभएको जसपाको एक नेताले जानकारी दिनुभयो ।

दलका नेताका लागि अशोक राई, राजकिशोर यादव र रामसहायबीच प्रतिस्पर्धा थियो । तर, अन्त्यमा यादवलाई सर्वसम्मत दलको नेतामा निर्विरोध चयन गरिएको हो ।

रामसहाय पार्टी अध्यक्ष उपेन्द्र यादवनिकट मानिन्छन् ।

जसपाका १२ जना सांसद छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*