सरुवा, बढुवाका लागि नेताको घर गए कारबाही गर्छु – गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरुवा-बढुवा माग्दै नेताहरुको घर घर पुगेको थाहा पाए कारबाही गर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर लामिछानेले प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड बाहिरबाट नहुने बताए ।

गृहमन्त्री बनेपछि पहिलो पटक निरीक्षणका लागि प्रहरी प्रधान कार्यालय पुगेका उनले भने, ‘सरुवा र बढुवाको कुरा लिएर नेताका घर घर जाने कुरा अन्त्य गरिनेछ । हाम्रोभन्दा पनि राम्रो मान्छे प्राथमिकतामा पर्नेछन् ।’

उनले राम्रो काम गर्नेलाई पुरस्कृत र प्रहरीका आचरण विपरितका क्रियाकलाप गर्नेलाई दण्डित गर्ने पनि बताए । उनले भने, ‘हिजोका दिनमा जे–जे भए भए, आगामी दिनमा कसैले पनि कानूनी विपरितका क्रियाकलाप नगरोस्, विकृति विसंगतिका अन्त्य गर्छु ।’

आफूले प्रहरीभित्रका विकृति राम्ररी बुझेको बताउँदै उनले भने, ‘गलत क्रियाकलाप भएको पाइए कसैको कुरा सुन्ने छैन ।’ उनले आफूले पनि कुनै कुरामा दबाब नदिने बताउँदै सबै कुरा कानूनले बाँधेर गर्ने बताए । उनले प्रहरीको सेवा, सुविधा, रासन र तलब स्केल सबैको पुनरावलोकन गर्ने पनि बताए ।

प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले प्रहरीमा सरुवा बढुवाका लागि मापदण्ड समेत बनाइएको बताउँदै त्यसलाई अक्षरांश पालना गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*