सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूद्वारा शपथ ग्रहण

कैलाली । सुदूरपश्चिम प्रदेश सभाका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूले शुक्रवार पद तथा गोपनीयको शपथ ग्रहण गरेका छन् । त्यसअघि प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरेका थिए ।

तत्पश्चात् रावलले बाँकी ५२ जना प्रदेश सभा सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन् । ५३ जना प्रदेश सभा सदस्यहरूमध्ये ६ जनाले आफ्नै मातृभाषामा शपथ ग्रहण गरेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित ५ र नेपाली कांग्रेसतर्फ समानुपातिक निर्वाचित १ गरी ६ जनाले स्थानीय थारु भाषामा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

नागरिक उन्मुक्तिबाट कैलाली क्षेत्र नम्बर १ (१) बाट निर्वाचित कैलाश चौधरी, क्षेत्र न. १ (२) का लक्ष्मण किशोर चौधरी, निर्वाचन क्षेत्र नम्बर २ (२) का रामेश्वर चौधरी, निर्वाचन क्षेत्र नम्बर ३ (१) का घनश्याम चौधरी र क्षेत्र नं. ३(२) का खुसीराम डगौरा थारूले थारु भाषामा शपथ लिएका छन् । त्यस्तै कांग्रेसकी समानुपातिक प्रदेश सभा सदस्य गीताकुमारी चौधरीले पनि थारु भाषामा शपथ लिएकी हुन् । उनी कञ्चनपुरकी हुन् ।

शपथ ग्रहण सकिएपछि प्रदेशसभा सचिवालय परिसरमा चियापान तथा बधाई ज्ञापन कार्यक्रम समेत आयोजना गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*