अघि बढ्नुको विकल्प छैन – माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी रहेको छ ।
सोही बैठकलाई सम्बोधन गर्दै शनिबार पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिस्थितिको बारेमा समयमा विचार नगर्दा अप्रत्याशित घटना भएर गठबन्धन भंग भएको बताउनुभएको हो । उहाँले राजनीतिमा नयाँ किसिमको चुनौती देखापरेको र यसलाई आगामी दिनमा सम्बोधन गर्दै अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।
बैठकले आफ्नो पार्टी नयाँ गठबन्धनको सरकारमा जाने(नजाने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ । यसअघि पनि अध्यक्ष नेपालले भर्चुअल बैठकबाट सरकारमा सहभागि हुने वा नहुने भन्ने बारेमा भूगोलका नेताहरुसँग छलफल गर्नुभएको थियो ।
























