विदेशबाट नेपाल फर्किँदा ल्याइएका मोबाइलमा रोक नलगाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट नेपाल फर्किँदा नागरिकले व्यक्तिगत प्रयोजनका लागि मोबाइल ल्याउने क्रममा विमानस्थलमा भएको समस्याको बारेमा तत्काल आवश्यक कारबाही अघि बढाउन अर्थमन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

उहाँले आज मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो निर्देशन दिनुभएको हो । विदेशबाट मोबइल बोकेर आएका नेपालीलाई मोबाइलको भन्सार तिर्ने बारेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल यो विषयमा आवश्यक कार्यवाही अघि बढाउन निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरुले आफूसँग फर्किँदा दुई वटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानूनी जटिलता भए त्यसलाई समेत फुकाउन उहाँले निर्देशन दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*