बागमतीको मुख्यमन्त्रीमा राप्रपाको दाबी

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने दाबी गरेको छ । सत्ता साझेदारमा निर्णायक शक्ति मानिएको राप्रपाले १३ सिट रहेको बागमतीमा मुख्यमन्त्रीको दाबी गरेको हो । हाल निर्माण भएको सात दलीय सत्ता समिकरण अन्र्तगत बागमतीमा राप्रपा एमाले र माओवादी पछिको शक्ति हो ।

बागमतीको कुल १ सय १० सिटमा सरकार निर्माणको लागि ५६ सिट आवश्यक पर्छ र त्यो राप्रपा विना पुरा नहुने भएको कारण पनि राप्रपाले दबाब बढाउँदै लगेको छ ।

एमालेसँग २७ र माओवादी केन्द्रसँग २१ सिट छ । एमाले र माओवादीको ४८ सिट मात्र हुँदा सरकार गठनको लागि बहुमत पुग्दैन । जसको लागि राप्रपाको साथ अनिवार्य बनेको छ ।

सत्ता समिकरणमा रहेका जसपाको बागमती प्रदेशमा प्रदेशसभा सांसदहरु छैनन जसको कारण पनि १३ सिटको राप्रपालाई सरकारमा ल्याउनुपर्ने वाध्यतामा एमाले कांग्रेस रहेको छ ।

सरकार निर्माणबारे राप्रपा केन्द्रीय सदस्य एवम बागमती प्रदेश संसदीय दलका नेता उद्धब थापाले सात प्रदेश मध्ये बागमतीमा राप्रपाको दाबी रहेको प्रतिक्रिया दिएका छन् । संसद संख्याको हिसावमा बागमती प्रदेशमा आफुहरु बलियो अवस्थामा रहेको भन्दै उनले बागमती प्रदेशमा आफुहरुको दाबी रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*