मकवानपुरमा वक्यौता नतिर्ने ५६ जना ग्राहकको लाईन काटियो

हेटौंडा । मकवानपुरमा बिद्युतको वक्यौता नतिर्ने ५६ जना ग्राहकको लाईन काटिएको छ । नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले वक्यौता महशुल नबुझाउने ५६ ग्राहकको लाईन काटेको छ । लामो समय देखि विद्युत महशुल नबुझाई बढि वक्यौता भएका ग्राहकको लाईन काटि पालुङ प्राधिकरणले वक्यौता उठाउन थालेको हो ।

पटक–पटक सूचना गर्दा पनि अटेर गरि वक्यौता नबुझाएका ग्राहकहरुको गत बुधबारबाट लाईन काट्न शुरु गरेको वितरण केन्द्र प्रमुख बिरमान रास्कोटीले बताउनु भयो ।

प्राधिकरणले आज सम्म ५६ ग्राहकको लाईन काटि सकेको छ । लाईन काटिए पछि ४२ ग्राहकले महशुल तिरी लाईन जोडाउदा प्राधिकरणले १० लाख वक्यौता अशुल गरेको छ ।
अहिले पालुङ प्राधिकरणको वक्यौता झण्डै २ करोड छ । वक्यौता अशुल गर्न ३ महिना भन्दा बढी समय विद्युत महशुल नबुझाउने ग्राहकको लिष्ट तयार गरि लाईन काट्न टोली परिचालन गरिएको पालुङ प्राधिकरणले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*