भोलि ११ बजेका लागि बोलाइयो संसद् बैठक, प्रधानमन्त्रीले विश्वासको मत लिने

काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक २०७९ पुस २६ गते मंगलबार बिहान ११ बजे बस्ने भएको छ। उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम यही पुस १० गते आफू प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार उक्त विषय बैठकको कार्यसूचीमा समावेश गर्न अनुरोध गरेका थिए ।

ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले मङ्गलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सो प्रयोजनका लागि समय तोकेको जानकारी गराए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*