बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री जमकट्टेलले लिए शपथ
हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले मंगलबार बिहान पद तथा गोपनियताको सपथ ग्रहण लिनुभएको छ ।
प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा सोमबार बिहान ९ः५० बजे मुख्यमन्त्री जमकट्टेललाई पद तथा गोपनियताको शपथ ग्रहण खुवाउनुभएको हो । मुख्यमन्त्रीले शपथ लिए लगत्तै नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपा संसदीय दलका नेता उद्धव थापाले विना विभागीय मन्त्रीको रूपमा शपथ ग्रहण लिएका छन् ।
मन्त्रालय बाँडफाँटको विषयमा सत्ता साझेदार दलहरूकाबीचमा छलफल गरेर टुंग्याइने मुख्यमन्त्री जमकट्टेलले बताउनुभयो । उहाँले बागमती प्रदेशमा बढीमा ११ वटा मात्र मन्त्रालय बनाइने बताएउनुभएको छ ।
























