प्रधानमन्त्रीलाई विश्वासको मत दिएपनि प्रतिपक्षी भूमिकामा बस्छौँ – देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपनि सरकारमा सहभागी नहुने बताउनुभयो ।

उहाँले मंगलबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मतमाथि छलफलमा भाग लिँदै प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने बताउनुभएको हो । महत्वपूर्ण राष्ट्रिय हत्वका विषयमा राजनीतिक दलबीच संवाद, सहमति र सहकार्य हुनुपर्नेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो ।

प्रतिपक्षीमा रहँदा कांग्रेसले विरोधका लागि विरोध नगर्ने भन्दै गुण र दोषका आधारमा सरकारको मूल्याङ्कन गर्ने उहाँले बताउनुभयो । संसदमा सशक्त प्रतिपक्षी नहुँदा नियन्त्रण र सन्तुलन कमजोर हुने भएकाले कांग्रेस रचनात्मक प्रतिपक्षीको भूमिका रहने उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*