एमालेका लिला गिरी लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले नेता गिरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

संघीय सरकारमा सत्ता साझेदार दलहरूको समर्थनसहित गिरीले बुधबार दिउँसो दाबी पेश गरेका थिए ।

गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदको समर्थन रहेको छ ।

८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ सांसदको समर्थन आवश्यक पर्दछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*