एसको सचिवालय सदस्यमा घनश्याम भूसाल मनोनित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले नेता घनश्याम भूसाललाई केन्द्रीय सचिवालय सदस्य मनोनित गरेको छ ।

शनिबार बिहान पार्टी कार्यालय आलोकनगरमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले नेता भूसाललाई केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको हो । गत मंसिर ४ गतेको चुनावअघि नेकपा एमाले परित्याग गर्नुभएका भूसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाले भूसाललाई पार्टीको केन्द्रीय सचिवालय सदस्यमा मनोनित गरेको बताउनुभयो । उहाँले बैठकमा भूसाललाई जिम्मेवारी दिने एक मात्र एजेण्डामा छलफल भएको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*