उपसभामुखमा रास्वपाकी इन्दिरा रानामगरले दर्ता गरिन् उम्मेदवारी

काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दर्ता गराउनु भएको छ।

बिहान बसेको रास्वपा संसदीय दलको बैठकले मगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेलगत्तै उहाँले उम्मदेवारी दर्ता गराउनु भएको हो ।

उहाँले सत्ता गठबन्धन दलको समर्थनमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

उनलाई उपसभामुखमा रास्वपाका सोविता गौतमले प्रस्ताव गरेकी हुन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*