उपसभामुखमा कांग्रेसबाट मुक्ताकुमारी यादवले मनोनयन दर्ता गराइन

काठमाडौं। नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराउनु भएको छ ।

शुक्रबार संघीय संसद सचिवालयमा मुक्ता कुमारीले उपसभामुख पदमा मनोनयन दर्ता गराउनु भएको हो ।

उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहनु भएको छ ।

धनुषाकी यादव समानुपातिक सांसद हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*