संविधान च्यात्न पूर्वप्रधानमन्त्री नै ढुकेर बसेका छन् – मेटमणि चौधरी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नेपालको संविधान च्यात्न पूर्वप्रधानमन्त्री नै ढुकेर बसेको आरोप लगाएका छन् ।

शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै संविधान च्यात्न ढुकेर बसेको आरोप लगाएका हुन् ।

‘आजपनि बाघले मान्छेको शिकार गर्न झम्टिएझैँ, बकुल्लाले माछा, बिरालोले दुध ढुकेझैँ अहिले पनि नेपालको संवैधानिक व्यवस्थामाथि च्यात्न, ध्वस्त गर्न नेपालका पूर्वप्रधानमन्त्री नाम सबैलाई थाहै छ, उहाँले ढुकेर बसिरहनुभएको छ’ उनले भने, ‘यस्ता व्यक्ति संसदमा जबर्जस्ती भयो भने नेपालको संविधान च्यातिन सक्छ । कानूनी राज्य समाप्त हुनसक्छ ।’

सिस्टम मिलाएर अर्बौं भ्रष्टाचार भइरहेको, आफूलाई मन लागेको कानून राष्ट्रपतिसँग सेटिङ मिलाएर गरिरहेको भन्दै सांसद चौधरीले प्रधानमन्त्री भइसकेकाहरुले नै आफ्नो गलत कामलाई जनादेश अनुसार भन्दै व्याख्या भइरहेको पनि बताए ।

आज हामीले लाख, करोड, अर्बका भ्रष्टाचारहरु सिस्टम मिलाएर गरिरहेका छौँ । यो कुरामा स्वयं प्रधानमन्त्रीहरुले नै देशको ढाकछोप गरिरहेको घटनाहरु धेरै छ । प्रधानमन्त्री, सम्बन्धित व्यक्तिहरु धेरै छन् । आफूलाई मन लागेको कानून मन लागेको दिनमा राष्ट्रपतिसँग सेटिङ मिलाएर गरिरहेका छौँ’ सांंसद चौधरीले भने, ‘यसलाई ताजा जनादेशको रुपमा डिफाइन्स समेत गरिरको छौँ । यसलाई सत्य सावित गर्न झुटको खेती गरिरहेका छौँ । तर्क गरिरहेका छौँ ।’

उनले यस्ता व्यक्तिहरुका लागि कोचिङ कक्षाको ब्यवस्था गर्नुपर्ने माग राखे । ‘प्रतिनिधि सभामा कोचिङ क्लासको लागि बजेटको व्यवस्था छैन होला, छैन भने मैले प्राप्त गर्ने सेवासुविधाबाट काटिने गरेर उनीहरुलाई कक्षामा राखेर पढान अनुरोध गर्दछु’ सांसद चौधरीले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*