प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गल्ती भयो – शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको बताउनुभएको छ ।
आइतबार बिहान संस्थापनइतर समूहका नेताहरूसँगको जारी बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेता कोइरालाले विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको बताउनुभएको हो । उहाँले आफूले तटस्थ बसौं भनेर प्रस्ताव राखेको स्मरण समेत गर्नुभयो ।
तर आफूले कार्य सम्पादन समितिमा राखेको प्रस्तावको कांग्रेसले सुनुवाई नै नगरी बहुमतले निर्णय गरेर प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिइएको उहाँको भनाइ थियो । बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि त्यसलाई मान्नु पर्ने बाध्यता समेत भएको उहाँले बताउनुभयो ।
कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रस्तावमा कांग्रेस केन्द्रीय कार्य समिति बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको थियो ।
























