माओवादी र नेसपाबिच एकताका लागि वार्ता हुँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी९नेसपा० बीच पार्टी एकताका लागि मंगलबार वार्ता हुने भएको छ । दुई पार्टीको वार्ता टोली छलफलमा बस्न लागेका हुन् । दुई पार्टीबीच एकता गर्न बनेको वार्ता टोेलीमा माओवादी केन्द्रका तर्फबाट संयोजक कृष्णबहादुर महरासहितका नेता छन् भने नेसपाका तर्फबाट गंगानारायण श्रेष्ठ सहितको नेता रहेका छन् ।

टोलीको बैठक मंगलबार दिउँसो २ बजे बस्ने तय भएको नेसपा वार्ता टोलीका संयोजक गंगानारायण श्रेष्ठले बताए । ‘हामी दुई पार्टीका वार्ता टोलीको बैठक दिउँसो २ बजे बस्न लागेको छ’ श्रेष्ठले भने, ‘दुई पार्टीका नेतालाई सहज हुनेगरी कुनै ठाउँमा बस्ने तयारी गरेका छौं ।’

पार्टी एकताका विषयमा सरकारात्मक वातावरण बन्दै गएकाले छिट्टै परिणाम निकालिने श्रेष्ठले बताए । यसअघि शनिवार बसेको वार्तामा दुबै पार्टीको डकुमेन्ट आदानप्रदान गरिएको थियो ।

यसैगरी माओवादीका उपमहासचिव एवम् वार्ता टोलीका सदस्य गिरिराजमणि पोखरेलले पनि यस्तै सकारात्मक रुपमा छलफल अघि बढेको जानकारी दिए । उनले नेसपासहित अन्य दलसँग समेत संवाद अघि बढेको बताए ।

‘हामीले शनिवार नेसपाका नेताहरुसँग छलफल गरेका थियौँ । त्यसपछि एकीकृत समाजवादीका नेताहरुसँग पनि बसेर छलफल गरेका छौँ। लगत्तै जसपा नेताहरुसँग बस्ने तयारी छ,’ पोखरेलले भने, ‘तत्काल एमाले बाहेक पार्टीसँग एकता गर्नेगरी लगातार छलफल गरेर परिणाम निकाल्ने पक्षमा छौं ।’ वार्ता टोलीले विप्लव नेतृत्वको नेकपासँग समेत एकताका विषयमा छलफल गर्ने पोखरेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*