गृहमन्त्री लामिछाने भने : आत्मदाहको अवस्था हिजोदेखिको निराशा र पीडाको परिणाम

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलामका प्रेमप्रसाद आचार्यको आत्मदाहको अवस्था हिजोदेखिको निराशा र पीडाको परिणाम भएको बताउनु भएको छ ।

आचार्यको बुधबार निधन भएपछि फेसबुकमा स्ट्याटस लेख्दै लामिछानेले एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न के नै बाँकी रह्यो र रु भन्नुभएको छ ।

आफूहरु जस्ता नयाँ पार्टीले पनि आशा जगाउन नसकेकोमा दुःख ब्यक्त गर्दै उपप्रधानमन्त्री लामिछानेले आशा जगाउन नसक्नुमा आफूहरु दोषी रहेको भन्दै दिवंगत आचार्यसँग माफि माग्नुभएको छ ।

गृहमन्त्री लामिछानेले यस्तो लेख्नु भएको छ :

‘एउटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो। दुस्ख त मलाई यसमा लागेको छ कि हामीजस्ता नयाँहरूको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु। प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईंमा आशा जगाउन सकेनौं, हामीलाई माफ गर्नुहोला। तपाईंको आत्माले चीर शान्ति पाओस् ,परिवारलाई यो पीडा सहने शक्ति मिलोस् ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*