२ बजे बस्नेगरी सर्‍यो माओवादीको स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आज बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक दिउँसो बस्नेगरी सरेको छ ।

बैठक पार्टी कार्यालय पेरिस डाडामा दिउँसो २ बजे बस्नेगरी सरेको हो । बैठकमा समसामयिक राजनीति, सरकारको प्रभावकारिता, पार्टीका विभाग र भ्रातृ संघसंगठनको पुनः गठन लगायतका विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।

बैठकमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी लगायतका दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुनेछ ।

त्यसैगरी पार्टीको संगठन विस्तार लगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*